अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:२७ | Colorodo: 09:42

नोभेम्बरमा हवाई मार्गबाट २६ हजार एक सय ३५ जना विदेशी पर्यटक नेपाल आए

बिआरटीनेपाल २०७८ मंसिर १५ गते ७:१६ मा प्रकाशित

नोभेम्बर महिनामा हवाई मार्गबाट २६ हजार एक सय ३५ जना विदेशी पर्यटक नेपाल आएका छन् । यो सङ्ख्या गएको वर्षको भन्दा १३ गुणाभन्दा धेरै हो । गएको वर्षको नोभेम्बर महिनामा नेपालमा हवाई मार्गबाट एक हजार नौ सय ५६ जना विदेशी आएका थिए ।कोरोना महामारीको जोखिम कम भएको र सरकारले क्वरेण्टीन तथा भिसा प्रक्रियालाई सहज बनाएकाले यो वर्ष पर्यटकको सङ्ख्या बढेको पर्यटन बोर्डका निर्देशक एवम् सूचना अधिकारी मणिराज लामिछानेले जानकारी दिनुभयो ।

यस वर्ष पर्यटकको सङ्ख्या बढेको भएपनि कोरोना महामारी सुरु हुनुअघिको भन्दा कम हो । महामारी सुरु हुनुअघि सन् २०१९ को नोभेम्बर महिनामा हवाई मार्गबाट एक लाख ३० हजार तीन सय दुई जना पर्यटक नेपाल आएका पर्यटक विभागको तथ्याङ्क छ । यसैबीच यस वर्षको जनवरीदेखि नोभेम्बरसम्म ११ महिनामा एक लाख २६ हजार दुई सय ८३ जना पर्यटक हवाई मार्गबाट नेपाल आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू