अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:५५ | Colorodo: 13:10

अष्ट्रेलियामा क्वारेन्टाइनबाट भाग्नेहरू पक्राउ

बिआरटीनेपाल २०७८ मंसिर १५ गते ७:०९ मा प्रकाशित

अष्ट्रेलियामा मध्यरातमा कोभिड क्वारेन्टाइनबाट भागेकाहरूलाई अस्ट्रेलियाको प्रहरीले पक्राउ गरेको छ । उत्तरी क्षेत्रको डार्विन नजिकै रहेको हावर्ड स्प्रिङ्स केन्द्रबाट मध्यरातमा क्वारेन्टाईन स्थलबाट भागेका ३ जनालाई पक्राउ गरेको हो । बाहिरी देशबाट अष्ट्रेलिया आएका मानिसहरू अनिबार्य क्वारेन्टाइनमा बस्नुपर्ने व्यवस्था अष्ट्रेलियन सरकारले गरेको छ ।

तर तीनै जना हिजो राति क्वारेनटाईन स्थलबाट भागेका थिए । प्रहरी अधिकारीहरूले उनीहरूलाई आज दिउँसो फेला पारेके हो । उनिहरू स्थानीय हुन या विदेशी भने नखुलेको त्यहाँका प्रहरीले जनाएको बिबिसीले उल्लेख गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू