अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:०७ | Colorodo: 02:22

त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनलबाट ’गोल्डेन गेट’ सम्म निःशुल्क सटल बस सेवा सुरु

बिआरटीनेपाल २०७८ मंसिर १५ गते ७:०९ मा प्रकाशित

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल स्टेशनमा शटल बस सेवा सञ्चालनमा ल्याइएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले तीन वटा माइक्रोबसलाई शटल बसका रूपमा सञ्चालनमा ल्याएको हो । आज बुधवार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले शटल बसको उद्घाटन गर्नुभएको छ ।

त्यस अवसरमा बोल्दै मन्त्री आलेले विमानस्थल प्रहरीलाई बारम्बार निर्देशन दिएर यात्रुलाई मिटरमा मात्रै लैजाने व्यवस्था गरी ट्याक्सीको ठगी नियन्त्रण गर्न भनिएको बताउनुभयो । पटक–पटक आफैँले निर्देशन दिँदा समेत यात्रु लुट्ने क्रम जारी नै रहेपछि शटल बसको व्यवस्था गर्नुपरेको उहाँले बताउनुभयो ।

विमानस्थलबाट ट्याक्सी चढ्न हवाई भाडाभन्दा पनि महँगो भएको भन्ने यात्रुको गुनासो आएकाले बस सञ्चालन गरिएको उहाँको भनाई छ । बस सेवा छोटो समयका लागि नभइ दीर्घकालीन रूपमा नै सञ्चालन गरिरहने मन्त्री आलेले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू