अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:५० | Colorodo: 23:05

“ढुक्क भएर नेपालमा लगानी गर्नुस्, सरकारले ’ग्यारेन्टी’ दिन्छ” – प्रधानमन्त्री देउवा

बिआरटीनेपाल २०७८ मंसिर १५ गते ७:०६ मा प्रकाशित

प्रधानमन्त्री शेरबहादुर देउवाले देश र विदेशका लगानीकर्तालाई ढुक्क भएर नेपालमा लगानी गर्न आग्रह गर्नुभएको छ । आज बुधवार काठमाण्डौमा नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २५ औँ वार्षिकोत्सवमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले देश र विदेशका लगानीकर्तालाई ढुक्क भएर नेपालमा लगानी गर्न आग्रह गर्नुभएको हो ।

उहाँले नेपालमा लगानी गर्नेहरूको सम्पत्ति र लगानीको सुरक्षाको ग्यारेन्टी सरकारले दिने बताउनुभयो । प्रधानमन्त्री देउवाले अर्थतन्त्रको गुणात्मक वृद्धि गर्न सरकार एक्लैले काम गर्न नसक्ने भन्दै निजी क्षेत्र र सरोकारवाला निकाय मिलेर काम गर्नुपर्ने बताउनुभयो । उहाँले नेपालको अर्थतन्त्रको गुणात्मक वृद्धिमा विदेशी विकास साझेदारको पनि त्यत्तिकै आवश्यकता रहेको बताउनुभयो ।

प्रधानमन्त्री देउवाले आर्थिक पुनरुत्थानलाई तीव्रताका साथ अघि बढाउन, देशमा लगानीको वातावरण अझै सहज बनाउन र व्यवसायको लागत घटाउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो । प्रधानमन्त्री देउवाले छोटो समयमा देशको मुहार फेर्ने गरी विकास गर्नुपर्ने र सरकार अनावश्यक नियन्त्रणको पक्षमा नरहेको पनि प्रष्ट पार्नुभयो । उहाँले सरकार अर्थतन्त्रलाई सुधार्न आवश्यक नियमन र सहजीकरणको पक्षमा रहेको पनि बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू