अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०२ | Colorodo: 20:17

कांग्रेस गण्डकीको सभापतिमा चार आकांक्षी

बिआरटीनेपाल २०७८ मंसिर १५ गते ७:०५ मा प्रकाशित

नेपाली कांग्रेस गण्डकी प्रदेश सभापतिका लागि ४ जनाले उम्मेदवारी घोषणा गरेका छन् । कास्कीका शुक्रराज शर्मा र देवराज चालिसे, तनहुँका रघुनाथ पौडेल र पर्वतका अर्जुन जोशीले उम्मेदवारी घोषणा गर्नुभएको हो । उम्मेदवारी घोषणा गरिनसके पनि कास्कीकै नेता यज्ञबहादुर थापा पनि प्रदेश सभापतिका आकांक्षी हुनुहुन्छ ।

आकांक्षीमध्ये उम्मेदवारी घोषणा गरेका शर्मा कास्की कांग्रेसमा १७ वर्षसम्म सभापति बन्नुभएको थियो । कास्कीबाटै उम्मेदवारी घोषणा गर्नुभएका देवराज चालिसे बौद्धिक नेताका रूपमा परिचित हुनुहुन्छ । तनहुँका रघुनाथ पौडेलले पनि तनहुँ सभापतिमा ३ कार्यकाल नेतृत्व गरिसक्नुभएको छ ।

कास्कीका यज्ञबहादुर थापाले पनि सभापति लड्ने तयारी गर्नुभएको छ । कास्की सभापति भएर काम गरिसक्नुभएका उहाँ कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य पनि हुनुहुन्छ । प्रदेश सभापतिमा पर्वतका अर्जुनकुमार जोशीले कांग्रेसका केन्द्रीय सदस्यसँगै तीन पटक पर्वतको पार्टी सभापति भएर काम गरी सक्नुभएको छ ।

कांग्रेसको परिवर्तित तालिकाअनुसार प्रदेशमा यही मंसिर १५ गते हुने भनिएको मनोनयन दर्ता १७ गतेका लागि सारिएको छ । कांग्रेस गण्डकी प्रदेश समितिका लागि ११ जिल्लाका महाधिवेशन र प्रदेश प्रतिनिधि गरी झण्डै २ हजार जनाले मतदान गर्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू