अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:३६ | Colorodo: 01:51

नेपाली घरको अध्यक्षमा जगदीशचन्द्र ढकाल

बिआरटीनेपाल २०७८ मंसिर १४ गते १७:१० मा प्रकाशित

कोलोराडो, कोलोराडो स्थित नेपाली घरको आगामी कार्यकाल (२०२२-२०२३) का लागि अध्यक्षमा जगदीशचन्द्र ढकाल निर्विरोध निर्वाचित भएका छन् । उनको साथै अन्य सबै पदाधिकारीहरू पनि निर्विरोध निर्वाचित भएका छन् ।

संस्थाले कार्यसमितिको निर्वाचन सम्पन्न गर्न डा. सङ्गीता श्रोत्रियाको संयोजकत्वमा गत महिना अक्टोबर २०२१ मा भूषणलाल श्रेष्ठ र कपिलदेव सुबेदी सहितको तीन सदस्सीय निर्वाचन समिति गठन गरेको थियो । सोही निर्वाचन समितिले नोभेम्बर २८, २०२१ को दिन कार्यसमितिको सबै पदहरूमा निर्विरोध निर्वाचित भएको जानकारी गराएको हो ।

यसरी नेपाली घरको आगामी २ बर्से कार्यकालको लागि निर्विरोध निर्वाचित हुने पदाधिकारी तथा बोर्ड अफ डारेक्टरहरुमा उपाध्यक्षहरूमा क्रमशः वसन्त लम्साल, नवराज मरासिनी र सञ्जय सिंह केसी, महासचिव भोला कटुवाल, कोषाध्यक्ष राजु खनाल, पब्लिक रिलेसन अफिसर श्रीस कुंबर, कम्युनिकेसन अफिसर नातिबाबु भट्ट, कल्चर तथा इभेन्ट अफिसर आशिस कटुवाल, रिसोर्स तथा फेसीलीटी अफिसर अर्जुन कुमार केसी र महिला रिप्रेन्जेटिभ आरती न्यौपाने थापा रहेका छन् । त्यसै गरी बोर्ड अफ डाइरेक्टरहरूमा प्रमोद श्रेष्ठ, उत्तरा बराल, पुष्कर बस्नेत, कृष्ण काफ्ले, दीपक ढकाल, देभाश्री बस्याल र अमुदा मिश्र रहेका छन् ।

संस्थाको विधान अनुसार २३ सदस्सीय कार्यसमिति निर्वाचित हुनुपर्नेमा आइटी अफिसर, स्टुडेण्ट रिप्रेन्जेटीभ र ३ वटा बोर्ड अफ डिरेक्टरमा कसैको मनोनयन नपरेको निर्वाचन समितिले जनाएको छ ।

यसैबिच नेपाली घरका वर्तमान अध्यक्ष लछुमन रानाले बिआरटी नेपालसँग कुरा गर्दै कार्यसमितिमा निर्वाचित सबै पदाधिकारी तथा बोर्ड अफ डिरेक्टरहरुलाई बधाई दिँदै, छिट्टै एक औपचारिक कार्यक्रम मार्फत कार्यभार हस्तान्तरण गरिने बताएका छन् ।

रानाले कार्यसमितिको फेरबदल नियमित प्रक्रिया भएको र यसले नेपालीहरूको आस्थाको धरोहर नेपाली सांस्कृतिक केन्द्र निर्माणको लागी भवन खरिद गर्ने प्रक्रियामा केही असर नपार्ने बताएका छन् । केही साथीहरूको जिम्मेवारी परिवर्तन भए पनि टिमभित्र बसेर काम गरी अनुभव बटुली सकेका साथीहरू रहनु भएकाले, हाम्रो अभियान निरन्तर अगाडी बढिरहन्छ भन्दै यसमा कुनै सन्देह नलिन सबै समुदायलाई अनुरोध गरेका छन् ।

 

प्रतिक्रिया