अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:४३ | Colorodo: 09:58

मेस्सीको अर्को किर्तीमान, सातौ पटक ‘बालोन डी ओर’ अवार्ड

बिआरटीनेपाल २०७८ मंसिर १४ गते ७:१९ मा प्रकाशित

फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का अर्जेन्टाइनी खेलाडी लियोनल मेस्सीले किर्तीमानी सातौ पटक बालोन डी ओर अवार्ड जितेका छन् ।फ्रेन्च फुटबल पत्रिकाले गएराति एक विशेष समारोहकाबीच मेस्सीलाई बालोन डी ओर अवार्ड प्रदान गरेको हो । यस अघि मेस्सीले सन् २००९, २०१०, २०११, २०१२, २०१५ र २०१९ मा यो अवार्ड जितेका थिए ।

मेस्सीले जर्मन क्लब बायर्न म्युनिखमा पोलीस खेलाडी रोबर्ट लेवान्डोस्की र इंग्लीश क्लब चेल्सीका इटालीयन खेलाडी जर्गिन्होलाई पछि पार्दै अवार्ड जितेका हुन् । मेस्सी बालोन डी ओर जित्ने फ्रेन्च क्लब पीएसजीका पहिलो खेलाडी समेत बनेका छन् । मेस्सीले गत सिजन आफ्नो कप्तानीमा अर्जेन्टिनालाई कोपा अमेरिकाको उपाधि दिलाएका थिए । महिलातर्फको अवार्ड बार्सिलोनाकी अलेक्सिया पुटेलासले जितिन् ।

यस्तै लेवान्डोस्की ‘स्ट्राइकर अफ दि इयर’को उपाधि हात पार्दा बार्सिलोनाका स्पेनिस मिडफिल्डर पेड्री यूवातर्फ उत्कृष्ट खेलाडी बन्न सफल भए । इटालीका गोलकिपर जियानलुगी डोनारुम्माले यासिन ट्रफी प्राप्त गरे । क्लब अफ दि इयरको अवार्ड चेल्सीले जितेको छ ।

 

प्रतिक्रिया