अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:४२
| Colorodo: 20:57
नेपालको पर्वतीय क्षेत्र तथा उच्च हिमाली क्षेत्रमा रहेको फोहोरको दिगो व्यवस्थापनका लागि अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ ।आगामी महिना हुने यस सम्बन्धी सम्मेलनका लागि आज नेपाल पर्यटन बोड र स्पेशिनस कम्पनीबीच संझौता भएको हो ।
समझदारीपत्रमा बोर्डका कार्यकारी प्रमुख डा.धनञ्जय रेग्मी र कम्पनीका प्रोजेक्ट डाइरेक्र फेडरिक काउफमेनबीच हस्ताक्षर भएको हो ।
सम्मेलनमा हिमालय क्षेत्रका काम गरेका विज्ञहरुको सहभागिता रहने जनाइएको छ । यसैबीच बोर्डले भारतको पञ्जावमा नेपालको पर्यटन प्रर्वद्धनका लागि नेपालमा रहेका शिख समुदायसँग छलफल गरेको जनाएको छ ।