अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:२७ | Colorodo: 10:42

होन्डुरसमा सिमोरा क्यास्ट्रो पहिलो महिला राष्ट्रपति बन्ने निश्चित

बिआरटीनेपाल २०७८ मंसिर १४ गते ७:१४ मा प्रकाशित

होन्डुरसमा सिमोरा क्यास्ट्रो पहिलो महिला राष्टपति बन्ने हुनुभएको छ । हालै सम्पन्न राष्ट्रपतिय निर्वाचनमा विपक्षी दलकी नेतृ क्यास्ट्रोले ५३ प्रतिशत मत प्राप्त गर्नुभएको छ ।

निकटम प्रतिद्वन्दी सत्तारुढ नेसनल पार्टीका उम्मेदवार नसरया आसफुर भन्दा २० प्रतिशत मतले अघि रहनु भएकी क्यास्ट्रो राष्ट्रपति बन्ने निश्चित भएको त्यहाँको निर्वाचन आयोगले जनाएको छ ।

योसंगै होण्डुरसमा विपक्षी दल १२ वर्षपछि सत्तामा फर्कने भएको छ । सिमोराका श्रीमानलाई सेनाले १२ वर्षअघि सैन्य कु मार्फत हटाएको थियो । क्यास्ट्रोका समर्थकहरुले खुसियाली मनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू