अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:४५ | Colorodo: 13:00

इजरायल जान छनोट भएका उम्मेदवारलाई राहदानी नविकरण गर्न विभागको अनुरोध

बिआरटीनेपाल २०७८ मंसिर १४ गते ७:१४ मा प्रकाशित

इजरायलका दीर्घकालीन स्याहार केन्द्रका लागि छनोट भएका उम्मेदवारहरुलाई आफ्नो राहदानी नविकरण गराउन बैदेशिक रोजगार विभागले सुचित गरेको छ । सन् २०२५ जनवरी ३१ भन्दा अगाडी समयसीमा सकिने राहदानीको नविकरण गर्न विभागले सुचना जारी गरेको हो ।

इजरायल जान छनोट भएका उम्मेदवारहरुको प्रवेशाज्ञा जारीका लागि सम्वन्धित निकायमा प्रकृया थालनी गर्ने समयमा राहदानीको समयसीमा सकिन कम्तिमा ३ वर्ष बाँकी रहनुपर्ने भएकाले सन् २०२५ जनवरी ३१ भन्दा अगाडी समय सकिने राहदानीको नविकरण गर्न विभागले आज सुचना जारी गरेको हो ।

सूचना जारी भएको ५ दिन भित्र जिभागको इजरायल शाखामा नविकरण गरिएको राहदानीको प्रतिलिपि पेश गर्नुपर्ने विभागका महानिर्देशक दिपक काफ्लेले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू