अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:२२
| Colorodo: 12:37
विश्वको सबैभन्दा ठूलो पुरस्कार राशीको ‘पब्जी मोबाइल ग्लोबल च्याम्पियनसिप’ मंगलबारदेखि सुरु भएको छ ।अनलाइनमार्फत सुरु भएको खेलमा विश्वका पूर्वी र पश्चिमी क्षेत्रका गरी ४० वटा टीम सहभागी हुँदैछन् । प्रतियोगितामा नेपालबाट दुई वटा ‘डिआरएस’ र ‘डिई’ क्लब सहभागी हुँदैछन् ।
लिग चरणका खेलहरु १९ डिसेम्बरसम्म हुनेछ भने लिग चरणका फाइनल खेलहरु २२ देखि २४ डिसेम्बरसम्म हुने आयोजक क्राफ्टन र टेन्सेन्ट गेम्सले जनाएको छ । लिग चरणमा प्रथम हुने टोलीले ३ लाख ६२ हजार ५ सय डलर, दोस्रो हुनेले १ लाख ४५ हजार डलर र तेस्रो हुनेले ७२ हजार ५ सय डलर पाउनेछन् ।
यस्तै, प्रतियोगिता नै जित्नेले १५ लाख अमेरिकी डलर, दोस्रो हुनेले ६ लाख र तेस्रो हुनेले ३ लाख डलर पुरस्कार पाउने आयोजकले जनाएको छ । प्रतियोगिताको फाइनल खेल २१ देखि २३ जनवरीसम्म हुनेछ ।