अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:३०
| Colorodo: 08:45
कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले प्रदेशसभा बैठकमा विश्वासको मतसम्बन्धी प्रस्ताव पेश गर्नुभएको छ । आजको प्रदेशसभा बैठकमा शाहीले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्नुभएको हो । तर प्रदेशसभाको प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदहरू अनुपस्थित भएका कारण विश्वासको मतसम्बन्धी थप प्रक्रिया अघि बढ्न सकेन ।
प्रस्तावको सम्बन्धमा मत विभाजन भने भोलि बस्ने बैठकमा गराइने भएको छ । एमालेको १० औँ महाधिवेशन जारी रहेको र प्रदेशसभा सदस्यहरू महाधिवेशनमा सहभागी हुन चितवनमा रहेका कारण पनि एमाले सांसदहरु उपश्थीत नभएको बताइएको छ । नेकपा एमालेले भोलिको बैठकमा सहभागी हुने जनाएको सत्तारुढ गठबन्धनका नेताहरूले बताएका छन् ।