अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:१६ | Colorodo: 10:31

राखेपका नवनियुक्त सदस्य सचिव घिसिङद्वारा पदभार ग्रहण

बिआरटीनेपाल २०७८ मंसिर १४ गते ७:१० मा प्रकाशित

राष्ट्रिय खेलकुद परिषदका नवनियुक्त सदस्य सचिव टंकलाल घिसिङले पद तथा गोपनियताको सपथ लिनुभएको छ ।युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले सदस्य सचिव घिसिङलाई पद तथा गोपनियताको सपथ गराउनु भएको हो । सपथ लिएसँगै उहाँले त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कार्यालयमा पुगेर पदभार ग्रहण पनि गर्नुभयो । पदभारसँगै घिसिङले राष्ट्रिय खेलाडीको बिमा र राष्ट्रिय टोलीको सुधारमा जोड दिने बताउनुभयो ।

खेलकुद मन्त्री महेश्वरजंग गहतराजले राखेपले नेतृत्व पाएको र चलायमान हुन नसकेकका खेल गतिविधि जेट विमानजस्तै रप्mतारमा अगाडि बढ्ने विश्वास ब्यक्त गर्नुभयो । सोमबार बसेको मन्त्री परिषद्को सोमबारको बैठकले घिसिङलाई सदस्य सचिव नियुक्त गर्ने निर्णय गरेको थियो ।

सदस्य सचिवका लागि परेका १८ जनाको नामावलीबाट सिफारिस समितिले घिसिङसहित अच्युतम लामिछाने र ममता श्रेष्ठको नाम मन्त्रिपरिषदमा पेश गरेको थियो । तत्कालिन सदस्य सचिव रमेश सिलवाललाई शेरबहादुर नेतृत्वको सरकारले बर्खास्त गरेको थियो । राष्ट्रिय खेलकुद विकास ऐन २०७७ लागू भएयता छनोटबाट नियुक्त हुने घिसिङ दोस्रो सदस्य सचिव बन्नुभएको छ ।

प्रतिक्रिया