अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:१८ | Colorodo: 21:33

‘ओमिक्रोन’ को संक्रमण विश्वभर छिट्टै फैलन सक्ने डब्ल्युएचओको चेतावनी

बिआरटीनेपाल २०७८ मंसिर १४ गते ७:०५ मा प्रकाशित

विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले कोरानोको नयाँ भेरिएन्ट ‘ओमिक्रोन’ को संक्रमण विश्वभर छिट्टै फैलन सक्ने चेतावनी दिएको छ। यसबाट गम्भीर परिणाम आउन सक्ने भन्दै डब्ल्युएचओले विश्व जगतलाई महामारी फैलन नदिन ठोस कदम चाल्न पनि भनेको छ ।डब्ल्युएचओ प्रमुख डा. टेड्रोस गेब्रेयसले गरीब राष्ट्रहरुमा खोप उपलब्ध गराउन धनी राष्ट्रहरुलाई आग्रह समेत गर्नुभएको छ ।

विश्वभरका वैज्ञानिकहरुले नयाँ संस्करण, उच्च प्रसारण र पुन संक्रमणको जोखिम र खोपहरुका बारेमा अध्ययन अनुसन्धान थालिसकेको भन्दै उहाँले अफ्रिकी मुलुकहरुले महामारी फैलन नदिन चालेको कदमको प्रशंसा गर्नुभयो । गत साता दक्षिण अफ्रिकी मुलुकहरुमा देखा परेको ओमिक्रोनका कारण विश्वका कयौँ राष्ट्रहरुले ती मुलुकका नागरिकहरुमाथि यात्रा प्रतिबन्ध लगाइसकेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू