अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१८ | Colorodo: 19:33

राप्रपामा महाधिवेशनको चटारोमा, लिङ्देनलाइ लोहनीको समर्थन

बिआरटीनेपाल २०७८ मंसिर १४ गते ७:०३ मा प्रकाशित

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको महाधिवेशन भोली देखि काठमाडौंमा सुरू हुँदै छ । जसका लागि तयारीहरु पूरा भएको राप्रपाले जनाएको छ । महाधिवेशनका अध्यक्षमा कमल थापा र राजेन्द्र लिङ्देनले आकंक्षा देखाउनुभएको छ । लिङ्देनले यस अघि नै अध्यक्षमा आफ्नो उम्मेद्वारी रहने बताइसक्नुभएको छ भने थापाले पनि हिजो उम्म्ेद्वारी दिने घोषणा गर्नुभएको छ ।

थापा र लिङ्देनको साथमा रहनेहरुले पनि आ अपाm्नो धारणा सार्वजनिक गरिरहेका छन् । अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नुभएका लिङ्देनलाई डाक्टर प्रकाशचन्द्र लोहनीले समर्थन गर्नुभएको छ । आज उहाँले पत्रकार सम्मेलन गर्दै लिङ्देनलाई समर्थन रहेको घोषणा गर्नुभएको हो । हाल राप्रपामा थापा, पशुपतिशमशेर जबरा र डा लोहनी तीन जना नेतृत्वमा छन् ।

जबराले लिङ्देनलाई नै समर्थन रहेको बताउनुभएको छ । महाधिवेशनमा देशभरका ४ हजार ५ सय प्रतिनिधि सहभागी हुने राप्रपाले जनाएको छ । राप्रपाको महाधिवेशनमा पनि यस पटक विद्युतिय प्रविधिबाट मतदान गर्ने व्यवस्था गरिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू