अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:३३ | Colorodo: 02:48

एमाले महाधिबेशन– अध्यक्षमा केपी ओली विजयी

बिआरटीनेपाल २०७८ मंसिर १४ गते ७:०२ मा प्रकाशित

नेकपा एमालेको अध्यक्ष पदमा दोस्रो पटक केपी शर्मा ओली विजयी हुनुभएको छ । एमालेको आज सम्पन्न दशौं महाधिबेशनबाट ओली अर्का प्रत्यासी भिम रावललाइ पराजित गर्दै अध्यक्षमा निर्वाचित हुनुभएको हो । अध्यक्ष ओलीले १ हजार ८ सय ८ मत पाउनुभएको छ भने अर्का प्रत्यासी रावलले २ सय २३ मत प्राप्त गर्नुभएको छ । ओलीले आफू सर्वसम्मत अध्यक्ष हुने गरि कोशिश गर्नुभएको भएपनि रावल पछाडी नहटेपछि चुनाब भएको हो ।

अघिल्लो नवौं महाधिवेशनमा माधव कुमार नेपाललाई झिनो अन्तरले पराजित गर्नुभएका ओलीले यसपाली रावलमाथि सहज जित हासिल गर्नुभएको हो । सर्वसम्मत रुपमा नेतृत्व चयन हुन नसकेर चुनाब गर्नुपर्दा महाधिवेशन २ दिन लम्बिएको छ । नेतृत्व चयन गर्दै अस्ति महाधिवेशन सकिनुपर्ने भएपनि आज मात्रै सकिएको हो ।

बरिष्ठ उपाध्यक्षमा भने इश्वर पोखरेल सर्वसम्मत हुनुभएको छ । उपाध्यक्षमा रामबहादुर थापा, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, विष्णु पौडेल र सुवास नेम्वाङ विजयी हुनुभएको छ । उपाध्यक्षमा अष्टलक्ष्मी शाक्यले खसेको मतमध्य सबैभन्दा धेरै १ हजार ९ सय ७६ मत प्राप्त गर्नुभएको छ । त्यस्तै सुरेन्द्र पाण्डेले १ हजार ९ सय २५, सुवासचन्द्र नेम्वाङले १ हजार ८ सय ६५, विष्णु पौडेलले १ हजार ८ सय ५६, युवराज ज्ञवालीले १ हजार ८ सय ४२ र रामबहादुर थापाले १ हजार ७ सय ६८ मत प्राप्त गरेका छन् । घनश्याम भुसालले भने ७ सय २५ मत प्राप्त गर्नुभएको छ ।

उपमहासचिवमा भने प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमाल निर्विरोध निर्वाचित भएका छन् । यस्तै सचिबमा टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा, लेखराज भट्ट, रघुवीर महासेठ, योगेश भट्टराई, गोकर्ण विष्ट र पद्मा अर्याल विजयी भएका छन् । बिष्टले १ हजार ९ सय ७६ , भट्टराईले १ हजार ९ सय ६४, विश्वकर्मा र अर्यालले समान १ हजार ८०० मत पाएका छन् ।

यस्तै भट्टले १ हजार ७ सय ४, रायमाझीले १ हजार ७०० र रघुवीरले १ हजार ५ सय १३ मत प्राप्त गरेका छन् । सचिब पदका प्रत्यासी आचार्यले १ हजार ३०० र कार्कीले ५०० भोट ल्याएर पराजित हुनुभएको छ । महाधिवेशनबाट निर्वाचित कार्यसमितिको पहिलो बैठक सौराहामा नै बस्ने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू