अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:२४ | Colorodo: 05:39

एमाले महाधिवेशनद्वारा १७ बुँदे प्रस्ताव पारित

बिआरटीनेपाल २०७८ मंसिर १४ गते ७:०१ मा प्रकाशित

नेकपा (एमाले)को दशौं राष्ट्रिय महाधिवेशनले १७ बुँदे प्रस्ताव पारित गरेको छ । चितवनको सौराहमा बन्दसत्रको अन्तिम दिन निर्वाचनको मत परिणाम र शपथ ग्रहण समारोहबाट पार्टीको १७ बुँदे प्रस्वात पारित गरेको हो ।

बन्द सत्रले देशको समसामयिक राजनीति, अर्थतन्त्र र न्यायालयमा देखिएको विवाद, बाढी र पहिरोपीडित जनताले राहत पाउनुपर्नेमा जोड दिएको छ । साथै गठबन्धन सरकारले जनताको भावनाअनुसार काम गर्न नसकेको निष्कर्ष निकालेको छ ।

एमालेले मंगलबार निर्वाचनपछि अध्यक्ष लगायतका १९ पदाधिकारीको चयन गरेको छ । यद्यपि ५ सदस्य भने सर्वसम्मत भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू