अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:२२ | Colorodo: 14:37

दक्षिण अफ्रिकाबाट नेदरल्याण्ड्स फर्किएका १३ जनामा नयाँ भेरियन्ट पुष्टी

बिआरटीनेपाल २०७८ मंसिर १३ गते ७:२४ मा प्रकाशित

दक्षिण अफ्रिकाबाट नेदरल्याण्ड्स फर्केका ६१ जना कोरोना संक्रमित यात्रु मध्ये १३ जनामा नयाँ भेरिएन्ट ओमिक्रोन पुष्टी भएको छ ।दक्षिण अफ्रिकाको जोहानेशबर्गबाट नेदरल्याण्ड्सको एम्स्टर्डम पुगेका दुइवटा बिमानमा सवार ६१ यात्रुहरु कोरोना पोजिटिभ पाइएकोमा १३ जनामा नयाँ भेरिएन्ट पुष्टी भएको हो ।

नयाँ भेरिएन्ट भेटिएपछी नेदरल्याण्ड्समा थप कडाइ गर्ने तयारी गरिएको छ । यसैबीच नेदरल्याण्ड्सका स्वास्थ्यमन्त्री ह्युगो द जोङले यसअघि एक साताको अवधिमा दक्षिण अफ्रिकी मुलुकबाट नेदरल्याण्ड्स फर्केका यात्रुहरुलाई पनि कोरोना परिक्षण गर्न निर्देशन दिएका छन् । अफ्रिकी मुलुकमा देखा परेको ओमिक्रोन बेलायत, जर्मनी, इटली र अष्ट्रेलियामा पनि देखा परिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू