अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:३६ | Colorodo: 18:51

राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिवमा टंकलाल घिसिङ नियुक्त

बिआरटीनेपाल २०७८ मंसिर १३ गते ७:१७ मा प्रकाशित

राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिवमा टंकलाल घिसिङ नियुक्त हुनुभएको छ ।सोमबार बसेको मन्त्रिपरिषद बैठकले घिसिङलाई सदस्य सचिव नियुक्त गर्ने निर्णय गरेको हो । शेरबहादुर देउवा नेतृत्वमा सरकार गठन भएपछि तात्कालिन राखेप सदस्य सचिव रमेश सिलवाल बर्खास्तमा पर्नुभएको थियो ।

नयाँ सदस्य सचिवको नाम सिफारिस गर्न युवा तथा खेलकुद मन्त्रालयले एक सिफारिस समिति गठन गरेको थियो । दरखास्त आह्वान गर्दा १८ जनाले दावी पेश गरेकाम सिफारिस समितिले घिसिङ, अच्युतम लामिछाने र ममता श्रेष्ठको नाम राखेप सदस्य सचिवका लागि सिफारिस गरेको थियो ।

नेपाल रग्वि संघका अध्यक्ष रहेका घिसिङ माओवादी केन्द्रको बागमती प्रदेश सचिवालय समिति सदस्य पनि हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू