अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:१४ | Colorodo: 12:29

हुम्लाको लिमीमा ७८ क्विन्टल खाद्यान्न पुग्यो

बिआरटीनेपाल २०७८ मंसिर १३ गते ७:१३ मा प्रकाशित

हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको वडा ६ लिमीमा ७८ क्विन्टल खाद्यान्न पुगेको छ । नेपाली सेनाको हेलिकप्टरबाट खाद्यान्न अभाव भएको लिमीमा आज बिहानदेखि ढुवानी सुरु गरिएको प्रमुख जिल्ला अधिकारी गणेश आर्चायले जानकारी दिनुभयो । चीनसँग जोडिएको हिल्सा नाका दुई वर्षदेखि बन्द रहनुका साथै लिमीका लागि ढुवानी हुनु पर्ने खाद्यान्न ढुवानी नभएपछि त्यहाँ भोकमारी हुने सम्भावना बढी देखिएको हो ।

भोकमारी नहोस् भनेर लिमीका बासिन्दाका लागि आज मात्रै हेलिकप्टरले ७८ क्विन्टल खाद्यान्न पु¥याइएको छ । नेपाली सेनाको हेलिकोप्टरले सिमकोट र हिल्साबाट ७८ क्विन्टल खाद्यान्न लिमी पु¥याएको प्रमुख जिल्ला अधिकारी आचार्यले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू