अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०८ | Colorodo: 20:23

माओवादी केन्द्रका नेता पुनको स्वास्थ्यमा सुधार हुँदै

बिआरटीनेपाल २०७८ मंसिर १३ गते ७:१२ मा प्रकाशित

नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनको स्वास्थ्यमा सुधार हुँदै गएको छ । चीनको सेनजेनस्थित एक अस्पतालमा उपचार गराइरहनु भएका पुनको विस्तारै स्वास्थ्यमा सुधार हुँदै गएको हो । पूर्वसभामुख ओनसरी घर्तीमगरले हाल उहाँको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको जानकारी दिनुभएको छ ।

विश्वमै बिरलै देखिने जण्डिस (बिलरुविन) को मात्रा बढेपछि पुन बिरामी हुनुभएको हो । बिरामी भएपछि उहाँलाई गत असोज १३ मा बैङ्कक लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि गत शुक्रवार थप उपचारका लागि चीनको सेनजेनस्थित थर्ड पिपुल्स हस्पिटल अफ सेन्जेन लगिएको थियो ।

बैङ्ककमा हुँदा उहाँको जण्डिसको मात्रा २२ थियो भने हाल त्यो १८ मा झरेको छ । बिलरुविन बढ्दा त्यसको प्रभावका कारण हुने बान्ता, शरिर चिलाउने, निद्रा नलाग्ने, खान मन नलाग्ने, शरिर सुन्निनेजस्ता समस्या सुधार भएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू