अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:१६ | Colorodo: 18:31

एमालेको वरिष्ठ उपाध्यक्ष र महासचिवमा पोखरेलद्वय विजयी

बिआरटीनेपाल २०७८ मंसिर १३ गते ७:११ मा प्रकाशित

नेकपा एमालेको वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल र महासचिवमा शङ्कर पोखरेल निर्विरोध निर्वाचति भएका छन् । हिजोसम्म वरिष्ठ उपाध्यक्षमा दाबी गर्दै आउनुभएका सुवासचन्द्र नेम्वाङको उम्मेदवारी नपरेपछि पोखरेल सर्वसम्मत वरिष्ठ उपाध्यक्ष निर्वाचित हुनु भएको हो । नेम्वाङले पोखरेललाई नेता नमान्ने सन्देश अध्यक्ष केपी शर्मा ओली समक्ष पठाउनुभएको थियो ।

वरिष्ठ उपाध्यक्षमा दाबी गर्नुभएका नेम्वाङलाई ओलीले उपाध्यक्षको सूचीमा राखेपछि उहाँ एकल उम्मेदवार बन्नुभएको थियो । अध्यक्ष केपी शर्मा ओलीले पार्टीको १० औं महाधिवेशन अन्तर्गत गएरातिको बन्दसत्रमा पोखरेललाई वरिष्ठ उपाध्यक्ष प्रस्ताव गर्नुभएको थियो । यसैगरी नेकपा एमालेको महासचिवमा शङ्कर पोखरेल पनि सर्वसम्मत चुनिनुभएको छ । कसैको पनि उम्मेदवारी नपरेपछि उहाँ निर्विरोध निर्वाचित हुनुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू