अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:५९ | Colorodo: 10:14

‘ए’ डिभिजन लिग- ब्रिगेड ब्वाइज क्लब र एनआरटी बराबरीमा

बिआरटीनेपाल २०७८ मंसिर १३ गते ७:०६ मा प्रकाशित

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा ब्रिगेड ब्वाइज क्लब र न्युरोड टिम एनआरटीको खेल बराबरीमा रोकिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको खेलमा ब्रिगेड र एनआरटीले गोलरहित बराबरी खेलेर अंक बाँडेका हुन् ।

दुवै टोलीले पाएको अवसरमा गोल गर्न नसक्दा खेल बराबरीमा सकिएको हो । योसँगै ब्रिगेडले २ खेलमा ४ अंक जोडेको छ । पहिलो खेलमा ब्रिगेडले एपीएफलाई ३–२ गोल अन्तरले पराजित गरेको थियो । एनआरटीको यो पहिलो १ अंक हो ।

पहिलो खेलमा एनआरटी साविक विजेता मछिन्द्र एफसीसँग २–१ गोल अन्तरले पराजित भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू