अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:२२ | Colorodo: 21:37

पेरुमा ७ दशमलब ५ म्याग्निच्युडको भूकम्प

बिआरटीनेपाल २०७८ मंसिर १३ गते ७:०४ मा प्रकाशित

उत्तरी पेरुमा ७ दशमलब ५ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पको केन्द्र विन्दु साता मारिया डे निभा सहरबाट ९८ किलोमिटर पूर्वमा रहेको थियो । भूकम्पको गहिराई १३१ किलोमिटर रहेको पेरुको भू–सर्वेक्षण केन्द्रले जनाएको छ ।

भूकम्पबाट एउटा चर्चसहित दर्जनौं भवन भत्किएका छन् । भूकम्पबाट ७५ घर भत्किएको नागरिक रक्षा अधिकारीहरुले बताएका छन् । त्यस्तै, भूकम्पमा कम्तिमा १० जना मानिस घाइते भएका छन् । भूकम्पपछि निरन्तर परकम्पन गइरहेका छन् ।

भूकम्प गएपछि मानिसहरु घरबाट बाहिर निस्किएका थिए । भूकम्पपछि सडक भत्किएका छन् भने केही क्षेत्रमा विद्युत आपूर्तिमा अवरोध भएको छ । भूकम्पले छिमेकी इक्वेडरमा पनि सामान्य क्षति पुर्याएकोे छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू