अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:१६ | Colorodo: 15:31

भारत सरकारले ल्याएको कृषि कानून फिर्ता सम्बन्धी प्रस्ताव दुबै सदनबाट पारित

बिआरटीनेपाल २०७८ मंसिर १३ गते ७:०४ मा प्रकाशित

भारत सरकारले ल्याएको कृषि कानून फिर्ता सम्बन्धी प्रस्ताव दुबै सदनबाट पारित भएको छ । केन्द्रीय कृषि मन्त्री नरेन्द्र सिंह तोमरले कृषि कानून फिर्ता सम्बन्धी प्रस्ताव आज राज्यसभामा पेश गर्नुभएको थियो । राज्यसभाबाट पारित भएपछि लोकसभामा पठाइएको प्रस्ताव पनि पारित भएको छ । भारत सरकारले गत शुक्रवार विवादित तीन वटै कृषि कानून फिर्ता लिने बताएको थियो ।

भारत सरकारले संयुक्त रूपमा कृषि उत्पादनको बिक्री, मूल्य निर्धारण र भण्डारणसम्बन्धी नियमलाई खुकुलो बनाइने भन्दै तीन छुट्टाछुट्टै कृषि कानून ल्याएको थियो । जसको विरोधमा किसानहरू एक वर्षदेखि आन्दोलनमा थिए । आन्दोलनको क्रममा ७ सय ५० जना किसानको मृत्यु भएको थियो ।

यसैबीच, सरकारले कृषि कानून फिर्ता लिएपछि किसान नेता राकेश टिकैतले सरकारले विवादीत कृषि कानून फिर्ता लिनुलाई ‘शहीद किसान’ का लागि श्रद्धाञ्जलि भएको बताउनुभएको छ । साथै उहाँले जबसम्म न्यूनतम समर्थन मूल्यमाथि कानून बन्दैन तबसम्म हाम्रो आन्दोलन जारी रहने बताउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू