अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५३ | Colorodo: 20:08

नेपालमा थप १ जनाको कोनाका कारण मृत्यु, सक्रिय सङ्क्रमितको सङ््रख्या घट्दै

बिआरटीनेपाल २०७८ मंसिर १३ गते ७:०२ मा प्रकाशित

नेपालमा थप १ जनाको कोरोनाका कारण मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर रहेका सङ्क्रमित मध्ये थप १ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको हो । योसँगै नेपालमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ११ हजार ५ सय २४ पुगेको छ । यस्तै गत २४ घन्टामा देशभर थप २ सय ५९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

मन्त्रालयले सार्वजनिक गरेको अद्यावधिक तथ्याङ्क अनुसार गत २४ घन्टामा देशभर ९ हजार ८ सय ८८ कोरोना परीक्षण गरिएको छ । जसमा ७ हजार २ सय ३१ आरटी पिसिआर विधिबाट कोरोना परीक्षण गर्दा २ सय ४३ जना र १ हजार ६ सय ५७ एन्टीजेन विधिबाट परीक्षण गर्दा १६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

हालसम्म नेपालमा आरटी पिसिआर विधिबाट ८ लाख २१ हजार १ सय २१ र एन्टीजेन विधिबाट ९५ हजार ४ सय ८८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै हालसम्म आरटी पिसिआर र एन्टीजेन विधिबाट गरिएको कोरोना परीक्षणपछि नेपालमा सङ्क्रमित हुनेको सङ्ख्या ९ लाख १६ हजार ६ सय ९ पुगेको छ ।

यस्तै गत २४ घन्टामा देशभर रहेका सङ्क्रमितमध्ये थप २ सय ४३ जना स्वस्थ भएका छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमण पछि निको हुनेको सङ्ख्या ८ लाख २ हजार ६ सय ५३ पुगेको छ । हाल देशभर ६ हजार ९ सय ४४ सक्रिय सङ्क्रमित रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू