अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:०३ | Colorodo: 13:18

एमालेको महाधिवेशनमा अझै पनि सहमतिको प्रयास जारी

बिआरटीनेपाल २०७८ मंसिर १३ गते ७:०० मा प्रकाशित

बिभिन्न पदमा उम्मेद्वारी परेको भएपनि नेकपा एमालेमा अझै पनि सहमतिको प्रयास भइरहेको छ । नेतृत्व चयन गर्दै हिजो साँझ नै सकिनुपर्ने महाधिवेशन पदाधिकारीमा आकांक्षी धेरै देखिएका कारण आज सम्म लम्बिएको छ । आज पनि अबेर मात्रै निर्वाचन गर्ने गरि नेताहरुले अझै पनि सहमतिको कोशिश गरिरहेका छन् । जारी दशौं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि विभिन्न पदमा मतदान हुने भएको छ ।

पार्टी कार्यालयका सचिव शेर बहादुर तामाङका अनुसार अध्यक्ष, उपाध्यक्ष र सचिव पदमा अझै पनि सहमतिको लागि प्रयास भइरहेको छ । उहाँले अझै पनि केन्द्रीय अध्यक्ष, उपाध्यक्ष र सचिव पदका लागि सहमतिको प्रयास भइरहेको जानकारी दिनुभयो । उहाँले केन्द्रीय सदस्य खुला, भुगोल लगायतका पदमा बेलुका ९/१० बजेसम्म मतदान सुरु हुने पनि बताउनुभयो ।

यसअघि अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मत बनाउने भन्दै ३ सय १ केन्द्रीय सदस्य सहित पदाधिकारीको नाम पेस गर्नुभएको थियो । उहाँले पेस गर्नुभएको प्रस्तावमा कतिपय ठाउँमा सर्वसम्मत भएको छ भने कतिपय पदमा चुनाव हुने भएको हो ।

एमालेको अध्यक्षमा बर्तमान अध्यक्ष ओली, उपाध्यक्ष भिम रावलको उम्मेद्वारी परेको छ । यस्तै उपाध्यक्षमा वर्तमान उपमहासचिव घनश्याम भूसाल, पूर्वमाओवादीका रामबहादुर थापा, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, विष्णु पौडेल र सुवास नेम्वाङ प्रतिस्पर्धामा रहने छन् ।

यस्तै, टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा, लेखराज भट्ट, रघुवीर महासेठ, योगेश भट्टराई, गोकर्ण विष्ट र पद्मा अर्यालको नाम अध्यक्ष ओलीले सिफारिस गरेकोमा भीम आचार्य र टंक कार्कीको पनि उम्मेद्वारी परेको छ । अन्तिम समयसम्म सहमति भएन भने अब निर्वाचन हुने छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू