अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:२६ | Colorodo: 22:41

आईपीयूमा सभामुख सापकोटाको सम्बोधन – लोकतन्त्र चुनौतीरहित छैन

बिआरटीनेपाल २०७८ मंसिर १२ गते ७:०४ मा प्रकाशित

सभामुख अग्निप्रसाद सापकोटाले लोकतन्त्र विश्वभर मनपर्ने शासन व्यवस्था भएपनि चुनौतीरहित नरहेको बताउनुभएको छ । स्पेनको म्याड्रिडमा जारी अन्तर व्यवस्थापिका संघ (आईपीयू) को १४३ औं सभालाई आइतबार सम्बोधन गर्दै सभामुख सापकोटाले राजनीतिक संस्थाहरूले अझै प्रभावकारी रूपमा जनताप्रति जवाफदेही बन्नुपर्ने धारणा पनि राख्नुभयो ।

मानिसले निर्णय प्रक्रियामा सबैको सहभागिता हुने गरी लोकतान्त्रिक व्यवस्था निर्माणका लागि योगदान दिएको सभामुख सापकोटाको भनाइ थियो । जनताको विश्वास प्राप्त गर्न राजनीतिक संस्थाहरूले प्रभावकारी रूपमा जवाफ दिन आवश्यक छ । आईपीयूमा ‘लोकतन्त्रका समकालीन चूनौती – विभाजनमाथि विजय र समुदाय निर्माण’ शीर्षकमा सभामुख सापकोटाले आफ्ना धाराणा राख्नुभएको थियो । वर्तमान विश्वमा सूचनाको सर्वव्यपाकताले भ्रमको पनि तत्काल विस्तार हुने गरेको उहाँको भनाइ थियो ।

सभामुख सापकोटाले लोकतान्त्रिक व्यवस्थामा राजनीतिक संस्थाहरूले जनताको प्रश्नको जवाफ दिनुपर्ने बताउनुभयो । सापकोटाले नेपाल समानुपातिक, समावेशी र सहभागितामूलक सिद्धान्तमा आधारित समाज स्थापना गर्न पूर्ण प्रतिबद्ध रहेको बताउनुभयो । नेपालको अहिलेसम्मको राजनीतिक परिवर्तनको प्रक्रियाले समावेशी र एकताबद्ध समाज निर्माण गर्ने मार्ग पहिल्याएको उहाको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू