अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:०३ | Colorodo: 07:18

नयाँ भेरिएन्ट फेलापरेपछि अमेरिकाको न्युयोर्कमा संकटकाल, न्युजिल्याण्डमा तीन साताका लागि लकडाउन

बिआरटीनेपाल २०७८ मंसिर १२ गते ६:५५ मा प्रकाशित

कोरोनाको नयाँ भेरिएन्ट फेला परेपछि अमेरिकाको न्युयोर्कमा संकटकालको घोषणा गरिएको छ । न्ययोर्कका गभर्नर काथी होचुलले राज्यभर संकटकाल लागु गरिएको घोषणा गरेका हुन् । संकटकाल लागु गरिएसँगै न्युयोर्कको अस्पतालको क्षमता वृद्धि गरिएको छ । उता न्युजिल्याण्डमा तीन साताका लागि बेलुकी ५ बजेदेखि बिहान ५ बजेसम्मका लागि लकडाउन लागु गरिएको छ । लकडाउनका समयमा पसलहरु बन्द रहने न्युजिल्याण्ड सरकारले जनाएको छ ।

यता, दक्षिण अफ्रिकाबाट नेदरल्याण्ड्स यात्रा गरेका यात्रुहरुमध्ये ६१ जनामा कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोन पुष्टी भएपछि नेदरल्याण्ड्सको विमानस्थल नजिकको होटलमा क्वारेन्टिनमा राखिएको छ । दक्षिण अफ्रिकाबाट २ वटा विमानस्थलबाट उडान भरेका ६ सय यात्रु मध्ये ६१ जनामा संक्रमण पुष्टी भएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू