अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:४२
| Colorodo: 12:57
नेपालमा पछिल्लो २४ घण्टामा १५८ जना कोरोना संक्रमित थपिएका छन् ।देशभर ८ हजार ९१८ जनाको नमूना परीक्षण गर्दा १५८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार ६६०४ जनाको पीसीआर परीक्षण गर्दा १५४ र २३१४ एन्टिजेन परीक्षण गर्दा ४ जनामा संक्रमण देखिएको हो ।
त्यस्तै, पछिल्लो २४ घण्टामा ३४२ जना संक्रमित संक्रमणमुक्त भएका छन् । गत २४ घण्टामा दुई जना संक्रमितको मृत्यु भएको छ । नेपालमा हाल सक्रिय संक्रमितको संख्या ६ हजार ९६६ रहेको स्वास्थ्य तथा नसंख्या मन्त्रालयले जनाएको छ ।