अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:१३ | Colorodo: 00:28

केही व्यक्तिले अन्यत्र बसेर विधि, पद्धति विपरीत निर्णय गर्नु आपत्तिजनक- भीम रावल

बिआरटीनेपाल २०७८ मंसिर १२ गते ६:५० मा प्रकाशित

नेकपा एमालेका उपाध्यक्ष डा. भीम रावलले पार्टीको दशौँ महाधिवेशनमा विधि, पद्धति र निर्णय विपरीत काम भएको भन्दै आपत्ति जनाउनुभएको छ । नेता रावलले आज समाजिक सञ्जालमा महाधिवेशनलाई लिएर आपत्ति जनाउनुभएको हो ।

उहाँले महाधिवेशनको चुनावसम्बन्धी प्रक्रिया पूरा नगरिकन केही व्यक्तिले अन्यत्र बसेर पार्टी विधि, पद्धति र निर्णय विपरीत काम भएको भन्दै आपत्ति जनाउनुभएको हो । पूर्वनिर्धारित कार्यतालिकाअनुसार हिजो शनिवार बेलुका नै उम्मेदवारको मनोनयन र अन्तिम नामावली प्रकाशन भइसक्नुपर्ने थियो । तर यसमा ढिलाइ भएपछि नेता रावलले आपत्ति जनाउनुभएको हो ।

उहाँले ट्विटरमा लेख्नुभएको छ, एमालेको महाधिवेशन मङ्सिर १० देखि १२ गते सम्पन्न गर्ने र ११ गते उम्मेदवारीसम्बन्धी प्रकिया पूरा गरी १२ गते मतदान गर्ने पार्टी निर्णय विपरीत ११ र १२ गते दिनभरि अधिवेशनको कुनै काम नगरि केही व्यक्तिले अन्यत्र बसेर विधि, पद्धति र निर्णय विपरीत गर्नु आपत्तिजनक र पार्टी हितको विरुद्धमा छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू