अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:४५ | Colorodo: 23:00

एमसीसी जस्ताको त्यस्तै पास हुँदैन -नारायणकाजी श्रेष्ठ

बिआरटीनेपाल २०७८ मंसिर ११ गते ७:५३ मा प्रकाशित

माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताउनुभएको छ । पार्टीको पोखरा महानगरपालिका समितिको दोस्रो अधिवेशन उद्घाटनमा शनिबार उहाले यस्तो बताउनुभएको हो ।

नेता श्रेष्ठले सत्तारुढ दल नेपाली कांग्रेस पनि परिमार्जन नगरी एमसीसी पास गर्ने पक्षमा नरहेको स्पष्ट पार्नुभएको हो । ‘नेपाली कांग्रेसले गठबन्धन नै तोडेर एमसीसी पास गर्छ जस्तो लाग्दैन,’ उहााले भन्नुभयो, ‘यदी त्यस्तो भएछ भने गठबन्धनका निम्ति राष्ट्रियतामा हाम्रो पार्टीले सम्झौता गर्दैन ।’

श्रेष्ठले आगामी चुनावमा कुन पार्टीसँग गठबन्धन गर्ने भन्नेबारे पार्टीमा निर्णय नभइसकेको बताउनुभयो ।। ‘पार्टीको स्थिति, अन्य पार्टीका धारणा र राष्ट्रिय आवश्यकताका आधारमा कुन–कुन पार्टीसँग चुनावी गठबन्धन गर्ने भन्ने टुंगो लाग्छ । अहिलेको गठबन्धनमा भएका दलमध्ये कसै न कसैसँग गठबन्धन हुन्छ । सबैसँग हुने कि नहुने भन्ने एउटा निर्णयमा पुगिसकेका छैनौं,’ श्रेष्ठले भन्नुभयो ।

राष्ट्रिय सम्मेलन संगठन सुदृढीकरणको अभियान सँगै संगठन रुपान्तरणको पनि अभियान भएको उहाको भनाई छ ।। अहिलेको अधिवेशन पार्टी रुपान्तरणको एउटा अंग बन्नुपर्ने उनको भनाइ थियो । श्रेष्ठले भन्नुभयो, ‘संगठन सुदृढीकरणमात्रै ठान्यौं भन्ने कांग्रेस र एमालेजस्तो हुन्छ । संगठन बन्छ, चुनाव हुन्छ, नेता हुन्छन् त्यसले संगठन सक्रिय जस्तो देखिन्छ तर क्रान्तिकारी रंग त्यसमा देखिँदैन ।’ कार्यक्रममा नेता श्रेष्ठले नयाँ दिशा, नयाँ संकल्प र नयाँ एकताका साथ अगाडि बढ्न कार्यकर्ताहरूलाई आग्रहसमेत गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू