अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:०९ | Colorodo: 11:24

अब बैज्ञानिक समाजवादको पक्षमा सबैले क्रान्ति गर्ने बेला आयो : झलनाथ खनाल

बिआरटीनेपाल २०७८ मंसिर ११ गते ७:४३ मा प्रकाशित

नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले समाजबादी क्रान्तिलाई अगाडि बढाएर समाज रुपान्तरणमा अघि बढ्नु पर्ने बताउनुभएको छ । शनिबार काठमाडौंमा आयोजित समकालीन पुजीवाद र नेपालमा समाजवादी आन्दोलन सम्बन्धि अन्तरक्रिया कार्यक्रममा नेता खनालले पुँजीवादलाई निर्मम पारेर समाजबादको रुपान्तरणमा लाग्नुपर्ने बताउनुभएको हो ।

मार्क्सको पुँजीवादी पालादेखि हालको बैज्ञानिक समाजबादको सुरुवात चरणको व्यवस्था बारेमा सम्मानित नेता खनालले धारणा राख्नुभएको थियो । उहाँले क्रान्तिकारी सिद्धान्त बिना क्रान्ति सम्भाव नहुनेमा जोड दिनुभयो । उहाँले दलाल पुँजीबादको शोषणमा पर्ने दिन समाप्त भएको बताउदै अब बैज्ञानिक समाजवादको पक्षमा सबैले क्रान्ति गर्नुपर्ने धारणा राख्नुभयो । दलाल पुँजीबादसँग जुधेर सामाजिक रुपान्तरण र देश बिकासको पक्षमा लाग्नुपर्ने उहाँको भनाइ थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू