अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:०७ | Colorodo: 00:22

भीम रावलद्धारा केपी ओलीबिरुद्ध अध्यक्ष पदमा मत शुरु

बिआरटीनेपाल २०७८ मंसिर ११ गते ७:३५ मा प्रकाशित

एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली सर्वसम्मत पदाधिकारीसहित केन्द्रीय कमिटीका लागि भगीरथ प्रयास गरिरहेका बेला उहाँका प्रतिद्वन्द्वीका रुपमा आफूलाई प्रस्तुत गर्नुभएका एमाले उपाध्यक्ष भीम रावल मतदाताहरुसँग भोट माग्न थाल्नुभएको छ । शुक्रबार एसएमएस पठाएर महाधिवेशन प्रतिनिधिहरुसँग भोट माग्न थालेका रावलले शनिबार महाधिवेशनको बन्दसत्र आयोजना भएको चितवनस्थित सौराहामा प्रतिनिधिहरुसँग भेटेरै मत माग्न थाल्नुभएको हो ।

अध्यक्ष ओलीले सर्वसम्मत नेतृत्वसहित पदाधिकारी तथा केन्द्रीय सदस्यका रुपमा प्रयास गर्दै शुक्रबार रातिको केन्द्रीय कमिटी बैठकद्वारा केन्द्रीय कमिटीको संख्या २२५ बाट बढाएर ३२० पुर्याउनुभएको थियो । यद्यपि रावल एमालेभित्र ओलीका कट्टर प्रतिद्वन्द्वीका रुपमा देखा गर्नुभएको छ । उहाँले केही साताअघि नै राजधानीमा एक कार्यक्रम गरी अध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको थियो ।

एमालेभित्र अर्का विपक्षी घनश्याम भुसालले पनि उपाध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ । उता एमाले अध्यक्ष केपी ओलीलाई भने वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षसहित पदाधिकारीलगायत केन्द्रीय कमिटीमा सबैको भाग पुर्याउन हम्मेहम्मे पर्दै गएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू