अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:४२ | Colorodo: 21:57

राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिव पदका लागि १८ जनाको आवेदन

बिआरटीनेपाल २०७८ मंसिर ११ गते ७:३१ मा प्रकाशित

राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिव पदका लागि १८ जनाको आवेदन परेको छ । युवा तथा खेलकुद मन्त्रालयले सदस्य सचिव पदको लागि एक साताअघि दर्खास्त आह्वान गरेको थियो । दर्खास्त दिने अन्तिमदिन शुक्रबारसम्म १८ जनाको आवेदन परेको हो । आवेदन दिनेमा कीर्तिमानी तेक्वान्दो खेलाडी दिपक विष्ट पनि छन् । खेलकुदलाई सही ढंगले अगाडी बढाउन सक्छु भन्ने लागेर आफुले सदस्य सचिवनमा आवेदन दिएको बिष्टको भनाई छ ।

बिष्ट नेपाललाई दक्षिण एसियाली खेलकुदमा लगातार चार स्वर्ण दिलाउने कीर्तिमानी खेलाडी हुन । तेक्वान्दो खेलाडी बिष्टसँगै सदस्य सचिव पदका लागि आवेदन दिनेहरुमा डा.अच्युत लामिछाने, आरके बिष्ट, रविराज कर्णिकार, छुम्बी लामा लगायत रहेका छन् । सरकार परिवर्तनसँगै रमेशकुमार सिलवाल सदस्यसचिवको पदबाट बर्खास्त भएपछि युवा तथा खेलकुद मन्त्रालयले खुला प्रतिस्पर्धामार्फत नयाँ सदस्य सचिव नियुक्तिका लागि दर्खास्त आह्वान गरेको थियो । आवेदन दिनेहरुलाई युुवा तथा खेलकुद मन्त्रालयद्वारा गठित छनोट समितिले कार्ययोजना सहित आइतबार बोलाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू