अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:२२ | Colorodo: 04:37

इजरायल र जोर्डनबीच भएको जल तथा उर्जा सम्झौताको विरोधमा हजारौंको प्रदर्शन

बिआरटीनेपाल २०७८ मंसिर ११ गते ७:२५ मा प्रकाशित

जोर्डनले इजरायलसँग जल उर्जा सम्झौता गरेको विरोधमा हजारौंले प्रदर्शन गरेका छन् । राजधानी अम्मानमा सयौं सर्वसाधारण भेला भएर सो सम्झौताको विरोध गरेका हुन् ।गत सोमबार दुबईमा जोर्डनका जलमन्त्री, इजरायलका उर्जामन्त्री र युएईका जलवायु परिवर्तन मन्त्रीले अमेरिकी जलवायु दूत जोन केरीको उपस्थितिमा हस्ताक्षर गरेका थिए । यो सम्झौताले जोर्डनको पानीको गम्भीर समस्या सम्बोधन हुने र इजरायलको नवीकरणीय उर्जा मिश्रण विस्तार गर्ने लक्ष्य पूरा हुने अधिकारीहरुको दावी छ ।

यो समझौता कार्यान्वयन भए २७ वर्षअघि दुवै राष्ट्रले शान्ति सम्झौता गरेपछिको सबैभन्दा ठूलो सहयोग परियोजना हुने अधिकारीहरुले दावी गरेका छन् । सम्झौताअन्तर्गत जोर्डनले इजरायलबाट २ सय मिलियन घन मिटर डिसेलिनेट गरिएको पानी प्राप्त गर्ने अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

यस्तै जोर्डनमा इजरायलले ६ सय मेगावाट भन्दा बढी क्षमताको सौर्य उर्जा प्लान्ट निर्माण गर्ने सहमति भएको छ । उक्त सम्झौताको विरोध गर्दै प्रदर्शनमा उत्रिएका जोर्डनले प्यालेस्टाइनी भूभाग कब्जा गरिरहँदा इजरायलसँगको सम्बन्धलाई सामान्य बनाउने दिशामा अघि बढेको भन्दै सम्झौतालाई अस्वीकार गरेको थियो । विपक्षीहरुले सो सम्झौताले जोर्डनलाई छिमेकीमा निर्भर हुन बाध्य पार्ने चेतावनी पनि दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू