अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:४० | Colorodo: 00:55

‘ए’ डिभिजन लिग : हिमालयन शेर्पालाई हराउँदै मनाङ मर्स्याङ्दी शीर्ष स्थानमा

बिआरटीनेपाल २०७८ मंसिर ११ गते ७:१५ मा प्रकाशित

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा मनाङ मर्स्याङ्दी क्लबले लगातार दोस्रो जित निकालेको छ । आज भएको खेलमा हिमालयन शेर्पा क्लबलाई मनाङ मर्स्याङ्दीले १–० गोलले हराएको हो ।

दशरथ रंगशालामा भएको खेलमा मनाङका आफिज ओलावालेले खेलको ८४ औँ मिनेटमा गरेको गोल नै निर्णायक भयो । यो जितसँगै मनाङ तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । पहिलो खेलमा मनाङले जावलाखेल युथ क्लबलाई हराएको थियो । उसको दुई खेलमा ६ अंक छ ।

पहिलो खेलमा हिमालयन शेर्पाले संकटासँग बराबरी खेल्दै अंक बाँडेको थियो । उसको एक अंक छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू