अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:५६ | Colorodo: 13:11

एमालेको बन्द सत्र सौराहमा जारी, सहमतिमा जोड दिन अध्यक्ष ओलीको आग्रह

बिआरटीनेपाल २०७८ मंसिर ११ गते ७:१२ मा प्रकाशित

नेकपा (एमाले)को १० औं महाधिवेशनको बन्द सत्र चितवको सौराहमा जारी छ । विहान १० बजे नै सुरु हुने भनिएको बन्दसत्र सहमतिमा नेतृत्व चयन गर्ने भन्दै नेताहरू छलफलमा जुटेपछि ढिला गरी सुरु भएको हो । चितवनको सेभन स्टार होटल परिसरमा सुरु बन्द सत्रमा एमालेले आमन्त्रित गरेका विदेशी पाहुनाले सम्बोधन सकिएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नुभयो । सम्बोधनका क्रममा उहाँले पार्टी एकता र सहमतिमै नेतृत्व चयनमा जोड दिन नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभएको छ ।

विपक्षीसँग प्रतिस्पर्धा गर्नुपर्ने तर पार्टीभित्र एकता हुनुपर्ने उहाँको भनाइ थियो । पार्टीभित्र प्रतिस्पर्धा नभइ एकता मुख्य कुरा भन्दै ओलीले यसले विपक्षीसँग लड्नका लागि बल पैदा गर्ने बताउनुभयो ।पार्टी एकताका लागि नेता र कार्यकर्ताले महत्वपूर्ण भूमिका खेलेको भन्दै उहाँले धन्यवादसमेत दिनुभयो । पार्टीभित्रका केही नेताहरूले अपराधी खेल खेलेर पार्टी विभाजन गरेको ओलीको आरोप थियो ।

प्रतिक्रियावादीको षड्यन्त्रका कारण आफ्नो पार्टी प्रतिपक्षमा पुगेको भन्दै उहाँले स्वतन्त्र न्यायालयको दुरुपयोग गरिएको जिकिर गर्नुभयो ।शक्ति पृथकीकरणको सिद्धान्त खलबलिएकाले देशमा गम्भीर चुनौती खडा भएको उहाँको भनाइ थियो । उहाँले १०औं महाधिवेशनबाट राजनीतिमा अहिले देखिएको पथभ्रष्ट, अराजकतालाई सच्याउने गरी नयाँ नेतृत्व आउने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू