अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:३४ | Colorodo: 01:49

कोरोना भाइरसको नयाँ प्रजाति पुष्टि भएपछि अमेरिकाको न्युयोर्कमा सङ्कटकाल घोषणा

बिआरटीनेपाल २०७८ मंसिर ११ गते ६:५८ मा प्रकाशित

अमेरिकाको न्युयोर्कमा सङ्कटकाल घोषणा गरिएको छ । कोरोना भाइरसको नयाँ प्रजाति पुष्टि भएपछि गभर्नर काथी होचुलले राज्यभर सङ्कटकाल लागू गरिएको घोषणा गर्नुभएको हो । उहाँले पछिल्लो समय कोरोना पुष्टि भएर अस्पताल भर्ना हुनेहरुको सङ्ख्या बढेकाले थप महामारी फैलिन नदिनका लागि सङ्कटकाल लगाइएको बताउनुभयो ।

दक्षिण अफ्रिकामा देखा परेको नयाँ कोरोनाको भेरियन्ट न्युयोर्कमा बढिरहेको त्यहाँका अधिकारीहरुले बताएका छन् । गर्भनर होचुलले गरेको घोषणा अनुसार आगामी सन् २०२२ को जनवरी १५ सम्म लागू हुने गरि सङ्कटकाल घोषणा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू