अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:४१ | Colorodo: 05:56

झण्डै दुई लाख अमेरिकी डलरसहित पोखराबाट एक जना पक्राउ

बिआरटीनेपाल २०७८ मंसिर ११ गते ७:०० मा प्रकाशित

पोखराबाट झण्डै दुई लाख अमेरिकी डलरसहित एक जना पक्राउ परेका छन् । पोखरा महानगरपालिका–९ शिवालय चोक बस्ने मुस्ताङ लो–घेकर दामोदर कुण्ड गाउँपालिका–१ घर भएका ४२ वर्षीय छिरिङ डुन्डु गुरुङ १ लाख ९४ हजार २ सय अमेरिकी डलरसहित पक्राउ परेका प्रहरीले जनाएको छ ।

कास्कीमा विदेशी मुद्राको अवैध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की, ईलाका प्रहरी कार्यालय हंशपुर र वडा प्रहरी कार्यालय गगनगौंडाबाट खटिएको संयुक्त टोलीले उनलाई काठमाण्डौबाट पोखरा जाँदै गरेको गाडी जाँच गर्ने क्रममा पोखरा महानगरपालिका–३३ गगनगौंडाबाट अमेरिकी डलर सहित पक्राउ गरेको र आवश्यक अनुसन्धान प्रकृया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू