अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:३५ | Colorodo: 23:50

नेपालमा थप २ सय १३ जनामा कोरोना संक्रमण, ३ जनाको मृत्यु

बिआरटीनेपाल २०७८ मंसिर ११ गते ६:५२ मा प्रकाशित

नेपालमा थप २ सय १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।पछिल्लो २४ घण्टामा ६ हजार ६ सय ३२ जनामा गरिएको परीक्षणमा २ सय १२ जना संक्रमित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट ३ जनाको मृत्यु भएसँगै अहिलेसम्म मृत्यु हुनेको संख्या ११ हजार ५ सय २१ पुगेको छ ।

देशभर ३ सय २५ जना निको भएसँगै कोरोनाबाट निको हुनेको दर ९७.७ प्रतिशत पुगेको मन्त्रालयले जनाएको छ । नेपालमा हाल ७ हजार १ सय ५६ जना कोरोनाका सक्रिय संक्रमित छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू