अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:३५ | Colorodo: 01:50

एमाले नेता घनश्याम भुसालद्वारा उपाध्यक्षमा उम्मेदवारी घोषणा

बिआरटीनेपाल २०७८ मंसिर १० गते ७:०७ मा प्रकाशित

नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । एमालेको १० औं महाधिवेशनमा सहभागी हुन चितवन पुग्नुभएका भुसालले शुक्रबार साँझ चितवनबाटै उपाध्यक्षमा उम्मेदवारी घोषणा गर्नुभएको हो । यसअघि भुसाल अध्यक्षमा उठ्ने चर्चा थियो ।

आफ्नै समूहका भीम रावलले अध्यक्षमा उम्मेदवारी दिएपछि भुसाल वरिष्ठ उपाध्यक्षमा उठ्ने अड्कल गरिएको थियो । तर उहाँले एक कदम पछि हट्दै चार उपाध्यक्ष मध्ये एकमा उम्मेदवारी घोषणा गर्नुभएको हो ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले सहमतिमा बन्दसत्र सफल पार्ने घोषणा गरिरहेका बेला पदाधिकारीमा उम्मेदवारी घोषणा गर्ने क्रम बढेको छ । यही सिलसिलामा अब १० बुँदे पक्षधर नेताहरु भीम रावल र घनश्याम भुसाललाई कसरी व्यवस्थापन गर्ने भन्ने चुनौती ओलीमाथि थपिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू