अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:४१
| Colorodo: 01:56
नायिका रेखा थापाले आफू राप्रपा महाधिवेशनमा अध्यक्षको उम्मेदवारी घोषणा गरेका नेता राजेन्द्र लिङ्देनको पक्षमा रहेको बताउनुभएको छ । राप्रपाका एक मात्र निर्वाचित सांसद लिङ्देनको प्यानलबाट उहाँले उम्मेदवार दिनेबारे परामर्श पनि गर्नुभएको बुझिएको छ । लिङ्देनले अध्यक्षमा आफ्नो उम्मेदवारी घोषणा गरिसक्नुभएको छ । उक्त समारोहमा नायिका थापा पनि सहभागी हुनुहुन्थ्यो ।
थापा काठमाडौं क्षेत्र नम्बर ४ बाट महाधिवेशन प्रतिनिधि बन्नुभएको छ । उहाँले आफू युवा नेता लिङ्देनको प्यानलबाट उम्मेदवारीसमेत दिने तयारीमा रहेको बताउनुभएको छ । थापाले राप्रपा अब युवा नेतृत्वपंक्तिले हाँक्नुपर्ने उल्लेख गर्दै युवा पुस्ताले मात्रै विद्यमान राजनीतिलाई सुधार गर्न सक्ने बताउनुभयो ।