अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२७ | Colorodo: 19:42

आकाश धुम्मिँदा जनजीवन प्रभावित, हट्न अझै एक साता लाग्ने मौसम पुर्वानुमान महाशाखाको भनाई

बिआरटीनेपाल २०७८ मंसिर १० गते ७:०६ मा प्रकाशित

मौसममा आएको परिवर्तनका कारण आकाश धुम्मिँदा जनजीवन प्रभावित बनेको छ ।हावाको गति कमजोर भएपछि वायुमण्डलमा भएको चिसो हावाको तह नहट्दा आकाश धुम्मिएको हो ।मौसम परिर्वतन र न्यूनतम तापक्रममा सुधार आउँदा वायुमण्डल झन् प्रदूषित बन्दै गएको छ । चिसो हावाको गति कमी हुने, चिसोमा धुवाँजन्य वस्तु जलाउने भएकाले वायुमण्डल प्रदूषित हुने र तुवाँलोको मात्रा बढ्दा आकाश धुम्म हुने गरेको मौसमविद्हरुको भनाई छ ।

यो धुम्म हट्न अझै एक साता लाग्ने महाशाखाको पूर्वानुमान छ । अन्य प्रिमनसुन र मनसुनको समयमा हावाको गति धेरै हुने भएकाले वायुमण्डल सफा हुने गरेको मौसमविद्हरुले जनाएका छन् । बिहान बेलुकी मात्र नभएर दिउँसो पनि तुँवालोको मात्रा झन् बढी रहेको पाइएको छ । आकाश धुम्मिएसँगै हवाई सेवा पनि प्रभावित बन्दै आएका छन् भने तराई र हिमाली क्षेत्रमा बढी चिसो भएका कारण जनजीवन प्रभावित बनेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू