अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५६ | Colorodo: 20:11

माओवादी नेता वर्षमान पुनको स्वास्थ्य अवस्था जटिल, बैंककमा उपचार सम्भव नभएपछि चीन लगियो

बिआरटीनेपाल २०७८ मंसिर १० गते ७:०५ मा प्रकाशित

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का नेता तथा पूर्व अर्थमन्त्री वर्षमान पुनको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ । उपचारका लागि बैंकक लगिएका पुनको स्वास्थ्यमा सुधार नभएपछि चीनको सेन्जेन लगिएको हो ।

जटिल प्रकृतिको जण्डिसको उपचारका लागि पुन डेढ महिनादेखि बैंककस्थित समितिभेज अस्पतालमा उपचाररत् हुनुहुन्थ्यो । उहाँमा विश्वमै दुर्लभ मानिएको जटिल किसिमको जण्डिस देखिएको बताइएको छ । नेता पुनसँगै पूर्वसभामुख तथा उहाँकी पत्नी ओनसरी घर्ती र छोरी शीला बैंककबाट चीनको सेन्जेन पुग्नुभएको छ ।

बैंककको समितिभेज अस्पतालमा उपचार गरिरहेका चिकित्सकहरूले अब यहाँभन्दा थप उपचार गर्न नसक्ने र स्वास्थ्य अवस्थामा उल्लेख्य सुधार नदेखिएकाले उपचारका लागि सेन्जेन लैजान सुझाव दिएपछि चीन लगिएको पारिवारिक स्रोतले जनाएको छ ।

नेपालमा हुँदा ललितपुरस्थित सुमेरू अस्पताल र यस अघि ग्राण्डी अस्पतालमा परीक्षण गराएका नेता पुन चिकित्सकहरूको परामर्श र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँगको सल्लाहमा बैंकक जानुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू