अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:०५ | Colorodo: 08:20

नेपाल राष्ट्र बैंकद्वारा पहिलो त्रैमासिक समीक्षा सार्वजनिक

बिआरटीनेपाल २०७८ मंसिर १० गते ७:०५ मा प्रकाशित

नेपाल राष्ट्र बैंक चालू आर्थिक वर्ष २०७८/०७९ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा शुक्रबार सार्वजनिक गरेको छ ।त्रैमासिक समीक्षामार्फत राष्ट्र बैंकले चालू मौद्रिक नीतिमा कायम गरिएको व्यवस्थालाई यथावत नै राखेको छ । समीक्षामा शेयर धितो कर्जामा लगाइएको ४–१२ को सीमा र सीडी रेसियो सम्बन्धी नीतिमा परिमार्जन गरिएको छैन ।

केन्द्रीय बैंकले आर्थिक पुनरुत्थानले गति लिन थालेसँगै कर्जा प्रवाह र आयात उच्च दरले बढेको उल्लेख गरेको छ। बढ्दो कर्जा मागलाई व्यवस्थित गर्न, साधन परिचालनको दायरा बढाउन र उत्पादनशील क्रियाकलापहरुमा स्रोतको अभाव हुन नदिनेतर्फ सजग रही मौद्रिक नीतिको कार्यदिशालाई निरन्तरता दिइएको केन्द्रीय बैंकले जनाएको छ ।

राष्ट्र बैंकले शेयर कर्जाको नीतिलाई परिमार्जन नगरेको भन्दै शेयर बजारका लगानीकर्ताहरुले भने असन्तुष्टि व्यक्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू