अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:१६ | Colorodo: 05:31

अमेरिकाद्वारा चीनको ८ कम्पनी प्रतिबन्ध

बिआरटीनेपाल २०७८ मंसिर १० गते ७:०३ मा प्रकाशित

अमेरिकाले चीनका आठ वटा कम्पनीलाई प्रतिबन्ध लगाएको छ । अमेरिकामा विकसित प्रविधि सैन्य प्रयोगमा ल्याएको भन्दै अमेरिकाले प्रतिबन्ध लगाएको हो ।

अमेरिकी सरकारले अमेरिकी प्रविधि चीनलाई प्रयोग गर्नबाट रोक्न केही चिनियाँ कम्पनीविरुद्ध पछिल्लो कदम चालेको जनाइएको छ । यता चीनले भने अमेरिकी प्रतिबन्धको विरोध गरेको छ ।

बेइजिङमा पत्रकार सम्मेलन गर्दै चीनको विदेश मन्त्रालयका प्रवक्ता चाओ लिचियानले चिनियाँ कम्पनीहरूलाई दबाउन अमेरिकाले शक्तिको दुरुपयोग गरेको आरोप लगाउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू