अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:४४ | Colorodo: 13:59

चीनको शङ्घाईमा तीन जनामा कोरोना सङ्क्रमण देखिएपछि उडान रद्द गरियो, केही विद्यालय बन्द

बिआरटीनेपाल २०७८ मंसिर १० गते ७:०१ मा प्रकाशित

चीनले आफ्नो कडा कोभिड नीति जारी राखेका कारण शङ्घाईमा तीन जनामा कोरोना सङ्क्रमण देखिएपछि सयौँ उडान रद्द गरिनुका साथै केही विद्यालय पनि बन्द गरिएको छ । शङ्घाईबाट नजिकै पर्ने सहर सुझाउबाट फर्किएका तीन व्यक्तिमा कोरोनाको सङ्क्रमण देखा परेको जनाइएको छ । हिजो बिहीवार बेलुकी भएको पत्रकार सम्मेलनमा स्वास्थ्य अधिकारीहरूले कोरोना सङ्क्रमण भएका यी तीन जनाले नै पूर्ण मात्रा खोप लगाएका जानकारी दिइएको छ ।

आज शुक्रवार शङ्घाईका दुई प्रमुख विमानस्थलबाट पाँच सयभन्दा बढी उडान रद्द गरिएको सम्बन्धित अधिकारीहरूले जानकारी दिएका छन् । बेइजिङले यात्रामा प्रतिबन्ध र कडा रूपमा गरिएका लकडाउनका कारण आफ्नो सिमानामा कोरोना भाइरसको सङ्क्रमण दर नियन्त्रण गर्न धेरै हदसम्म सफल भएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू