अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:०८ | Colorodo: 11:23

आईसीसी महिला टी २० विश्वकप एसिया छनोट ؘ– नेपालले मलेसियालाई ६ विकेटले हरायो

बिआरटीनेपाल २०७८ मंसिर १० गते ६:५५ मा प्रकाशित

आईसीसी महिला टी २० विश्वकप एसिया छनोट अन्तर्गत आफ्नो चौथो खेलमा आज नेपालले मलेसियालाई ६ विकेटले पराजित गरेको छ । लगातार तेस्रो जितपछि ६ अङ्क जोडेको नेपाल शीर्ष स्थानमा उक्लेको छ । युएई समान अङ्क भएपनि नेट रनरेटमा अघि रहँदै नेपाल शीर्ष स्थानमा उक्लेको हो ।

दुबई स्थित आइसीसी एकेडेमी मैदानमा भएको खेलमा मलेसियाले दिएको ९३ रनको लक्ष्य नेपालले १८ दशमलब २ ओभर खेल्दै ४ विकेट गुमाएर पूरा गरेको हो । त्यस अघि नेपालले टस जितेर बलिङ रोज्दै मलेसियालाई ब्याटिङको निम्तो दिएको थियो । जसमा मलेसियाले २० ओभरमा ७ विकेट गुमाएर ९२ रन बनाएको थियो ।

नेपालले अब युएईसँग खेल्न बाँकी छ । पहिलो खेलमै हङकङसँग पराजित भएको नेपालले त्यसयता भुटान र कुवेतलाई सहजै पराजित गरेको थियो ।

 

प्रतिक्रिया