अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५२ | Colorodo: 20:07

नेपालमा थप २ सय ७० जनामा कोरोना भाइरस सङ्क्रमण

बिआरटीनेपाल २०७८ मंसिर १० गते ६:५३ मा प्रकाशित

गत २४ घण्टामा देशभर २ सय ७० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । १० हजार ४ सय ४६ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट २ सय ४२ तथा एन्टिजेन विधिबाट २८ जनाको सङ्क्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ३ सय २ जना सङ्क्रमण मुक्त भएका छन् ।

हालसम्म कूल सङ्क्रमति मध्ये ८ लाख १ हजार ७ सय २२ जना निको भइसकेका छन् । नेपालमा निको हुने दर ९७ दशमलब ७ प्रतिशत रहेको छ । हाल देशभर ७ हजार २ सय ८७ जना सक्रिय सङ्क्रमित रहेका छन् । कोरोना सङ्क्रमणका कारण थप २ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू